नेराकस(निजामति)को अध्यक्षमा बुढ्थापा,सचिवमा देवकोटा

नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति) जुम्लाको अध्यक्षमा मिलन बुढ्थापा निर्विरोध निर्वाचित भएका छन । जुम्लाको पाँचौ जिल्ला अधिवेशनले बुढ्थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । उपाध्यक्षमा बिरेन्द्र रावल,निर्माया अधिकारी,युवराज न्यौपाने र जितेन्द्र रावल चुनिएका छन । सचिवमा उत्तम देवकोटा,कोषाध्यक्षमा किरण न्यौपाने,सहसचिवमा जयराज कुमाई निर्वाचित भएका हुन ।

जिल्ला कार्य समिति ३७ सदस्यीय बनेको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले जानकारी दिए । नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाउनुका साथै प्रमाणपत्र प्रदान गरिएको उनले बताए । केन्द्रीय अध्यक्ष हरीबहादुर रावल र कर्णाली प्रदेश अध्यक्ष गिरीले नयाँ कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरेका छन ।

सम्बन्धित शीर्षक