दिपक बि.क
जुम्ला : प्रधानमन्त्री स्वराेजगार कार्यक्रमले दृष्टिविहीन विद्यार्थीलाई विद्यालय सम्म जान सहज भएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ नराकाेटमा अहिले प्रधानमन्त्री स्वराेजगार कार्यक्रमअन्तरगत गोरेटो बाटो तिब्र गतिमा निर्माणकार्य भइरहेको छ । विद्यालय र वडा कार्यलय सम्म जाने गाेरेटाे बाटो बन्दा विद्यालय जान सहज भएको स्थानीय सैलेन्द्र आचार्यले बताए । अहिले २६ जनाले राेजगार पाएका छन ।१० जना दलित १० जना महिला ६ जना पुरुष गरि जम्मा २६ जना छन । दृष्टिविहीन विद्यार्थीलाई स्कुल सम्म जान सहज होस् भनेर प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तरगत ३० लाख बजेटकाे गाेरेटाे बाटाे निमार्ण भइरहेको छ । जुम्लाको सिंजा भौगोलिक हिसाबले विकट छ । विद्यालय जानेसमेत राम्रो बाटाे नहुदा विद्यार्थीले सास्ती खेप्नुपरेको बताए ।अहिले अपङ्गता भएका व्यक्ति , बालबालिका , जेष्ठ नागरिकहरू लाइविद्यालय देखि वडा कार्यलय सम्म जान सहज भएको छ । स्थानीय सरकारले यसप्रति चासो नदिएकाे स्थानीयले गुनासो गरे ।श्री भैरव मा.बि विद्यालय जान ज्यान जाेखिमपुर्ण अवस्था थियाे । स्कुल सम्मा गाेरेटाे बाटो बन्दा विद्यार्थी र स्थानीय खुशी भएका छन् ।