विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ ५ जना घाइते

जाजरकोट । जिल्लाको भेरी नगरपालिका २ नेटा बाट विरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाको भे १ च २००७ नम्बरको एम्बुलेन्स भेरी नगरपालिका २ पुरानो रिसाङ्ग नजिकै दुर्घटना हुदाँ चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार, नेटा बाट चौरजहारी उपचारका लागि विरामी लिन लागेका एम्बुलेन्स दुर्घटना परेको हो ।

घाइतेहरुको अवस्था समान्य रहेको प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरुको अर्काे एम्वुलेन्स लिएर उपचारका लागि जिल्ला अस्पताल लाउँदै गरेको प्रहरी सञ्चार शाखाले जनाएको छ ।

सम्बन्धित शीर्षक