सनौला हजार दिनका आमालाई शुद्ध पानी पिउन फिल्टर

जुम्ला ः गुठीचौर गाउँपालिकाका सुनौला हजार दिनका तीन दर्जन बढी आमालाई शुद्ध खानेपानी पिउन फिल्टर वितरण गरिएको छ । गर्भावस्था देखि २ वर्ष सम्मका उमेर भएका बच्चाका आमा समुह जसलाई सुनौला एक हजार दिनका आमा भन्ने गरिन्छ । गुठीचौर गाउँपालिकाले वहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत १ देखि ५ वडाका ४० जना आमालाई फिल्टर वितरण गरिएको हो ।
पालिका अध्यक्ष हरिवहादुर भण्डारीले स्वच्छ खानेपानी पिउनका लागि फिल्टर वितरण गरिएको वताए । गर्भवति आमा वालवच्चाले शुद्ध पानी पिउन भनेर वितरण गरिएको भण्डारीले सुझाए । गर्भवतिका लागि घिउ, टनेल पाल तथा ग्रिनहाउस वितरण, कुखुरा पनि वितरण छ ।

पानी त खाने तर स्वाच्छ पानी कसरी खाने भने थियो । यहि फिल्टर पानी खान र स्वाच्छ रहन सवै गर्भवति सुनौला हजार दिनका आमाले फिल्टरको पानी पिउन निमित प्रमुख प्रशासकिय अधिकृत अमरराज गिरीले बताए ।
वडा नम्बर ३ की पविता कामीले गर्भवति भएदेखि बच्चा जन्मन्जेलसम्म आफ्नो स्याहार सुसार, खानपिनमा सहयोग पुगेको बताईन् । उनले भनिन् सुरुवातमा त मैले सबै कुरा जानेको छु मलाई किन सिकाउनु परेको होला जस्तो लाग्थ्यो तर जव बैठक तालिममा सहभागी हुन थाले मैले त केही पनि नजानेकी पो रहेछु जस्तो महसुस भयो ।’

गर्भवति भईसकेपछि स्वास्थ्य संस्थामा ४ पटक चेकजाँच गर्ने, बच्चा जन्मीसकेपछि नियमित चेकजाच, पोषिलो खानेकुरा, सरसफाईको बारेमा धेरै थाहा थिएन, अब भने छर्लङ्ग भएको छ पविताले वताइन् । उनि मात्र होईन सुनौला १ हजार दिन समुह भित्रकी गुठीचौर गाँउपालिका ५ की सृजना देवकोटाले पनि पोषिलो खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्छ भन्ने कुरा थाहा भएको बताइन् ।

उनले भनिन् ‘कुनै पनि महिला गर्भवति भईसकेपछि बच्चा जन्मेर २ वर्ष नपुगन्जेल सम्वेदनशील अवस्था मानिन्छ बच्चाको तिब्र बृद्धि विकास हुने भएकाले महिलाको स्वाहार सुसार, खानपीनमा र सरसफाईमा ध्यान दिन नसके महिला र बालवालिकाको ज्यान पनि जोखिम हुन सक्छ ।’ वहुक्षेत्रिय कार्यक्रम अन्तर्गत गाउँपालिकाले सबै वडामा पोषण, स्वास्थ्य, शिक्षा, सरसफाई र कृषिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वहुक्षेत्रिय पोषण सयोजक जगिप्रसाद धितालले बताए । उनले भने, ‘महिला गर्भवति भईसकेपछि बच्चा २ वर्षको नहुन्जेल सम्म बच्चाको ८० प्रतिशत दिमागको बृद्धि विकास हुने भएकाले त्यतिबेला पोषण खानेकुरा अति आवश्यक हुन्छ त्यसलाई सहयोग पुग्ने हेतुले खानामा विशेष ध्यान, बानी ब्यवहार परिवर्तन र सरसफाईमा पोषणमा सुधार गन्ने उद्देश्यले विभिन्न कार्यक्रम संचालन गरिएको धितालले वताए ।

सम्बन्धित शीर्षक