हुम्लामा माओवादी र जसपाबीच एकता

सुर्खेत । हुम्लामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) बीच एकता भएको छ । आइतबार हुम्लाको सिमकोटमा भएको समायोजन घोषणा कार्यक्रमबाट यी दुई पार्टीबीच एकता भएको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसीले जसपाका स्थानीयदेखि केन्द्रीय स्तरसम्मका सदस्यहरूगरी एक हजार एकसय नेता तथा कार्यक्रता माओवादी पार्टीमा समयोजन भएको नेपालीरैबारलाई जानकारी दिईन् ।

अध्यक्ष केसीका अनुसार जसपाका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य , १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटि सदस्य र जिल्ला भित्रका सबै स्थानीय तह अन्तरर्गतका समिति सदस्यसहित पार्टी संरचनाका सदस्य गरि जम्मा एक हजार एकसय कार्यकर्ताहरु माओवादी केन्द्र मा समायोजन भएका छन् ।

यस्तै, विरजङ्ग शाहीको नेतृत्वमा रहेको जसपाको टोलीलाई भव्य कार्यक्रम सहित स्वागत गरिएको माओवादी कर्णाली प्रदेशले जनाएको छ ।

सम्बन्धित शीर्षक