लागुऔंषध ब्राउनसुगर सहित जुम्लाका दुईजना पक्राउ

गणेश रावत : नेपालगञ्जको जमुनाहा नाकाबाट प्रहरीले लागुऔंषध ब्राउनसुगर सहित बुधबार जुम्लाका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्दनाथ नगरपालिका ५ का ३२ वर्षका बिष्णु रावत र तातोपानी गाउँ पालिका ३ का २२ वर्षका भरत रावत रहेको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिए ।

उनिहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । उनिहरुको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्ने क्रममा भरतको मुखमा लुकाइराखेको अबस्थामा ब्राउनसुगर बरामद भएको हो ।

जमुनाहा प्रहरी चौकी र लागु औंषध नियन्त्रण ब्युरोको टोलीद्वार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक