जुम्ला। करिब दुई वर्षपछि जुम्लामा यातायात अनुमती पत्र (लाइसाइन्स) खुलेको छ। यातायात विभाग कार्यालयले हप्तामा ४ दिन आइतबारदेखि बुधबारसम्म फर्म भर्न मिल्ने गरि सवारी अनुमती पत्र खुलाएको हो।
यातायात विभाग जुम्लाका प्रमुख नीर विक्रम शाहीका अनुसार भैपरी आउने समस्या बाहेक अन्य समयमा लाइसेन्सको काम सन्चालन हुनेछ। यातायात बिभागको वेबसाइटमा गएर प्रत्यक हप्तामा ४ दिन फर्म भरेर नयाँ लाइसेन्सको लागि दर्खास्त दिन सकिने बिभागले बताएको छ।
बिभाग जुम्लाका अनुसार ट्राइलको लागि मापद्ण्ड सबै तयारी पूरा भैसकेको छ। आइतबारदेखि फर्म भर्नेको लागि लिखित परिक्षा बुधबार सूचना निकाल्ने प्रमुख शाहीले बताए।