स्वास्थ्यकर्मी संघ जुम्लाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

जुम्ला । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । होटल दौतरीमा भएको अधिवेशनले सहमतिका आधारमा नेतृत्व चयन गरेको हो ।

आज सम्पन्न दोस्रो अधिवेशनले सर्वसहमतिका आधारमा कर्मेन्द्र न्यौपानेलाई अध्यक्षमा चयन गरेको छ । उनको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको आयोजकले जनाएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मिलन तिमल्सिना र महिला उपाध्यक्षमा सनाक्षी न्यौपाने चयम भएका छन् ।

यस्तै, सचिवमा मान बहादुर बुढा, कोषाध्यक्षमा कमला बुढा, सहसचिवमा नवराज भट्टराई चयन भएको आयोजकले नासोलाई जानकारी दिएको छ । साथै दस जना सदस्य पनि चयन भएको र बाकी दुई जना सदस्य आगामी कार्यसमितिको पुर्ण बैठकले मनोनयन गर्ने निर्णय भएको छ ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य धिरेन्द्रराज गिरि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत लगायत विभिन्न पेशागत संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षक