जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ। अहेव र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिए पछि शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी सिल गरिएको हो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो।
उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये अहिले ३ जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए।