दैलेख: दैलेखमा पानीको हाहाकार भएको छ । गएको बिहीबार वर्षासँगै आएको हिमपात पछि अवरुद्ध भएको साहारे खानेपानी आजसम्म मर्मत हुन नसक्दा दैलेख बजारमा पानीको हाहाकार भएको हाे ।
दैनिक जीवनमा धेरै प्रयोग हुन पानी नै वर्षासँगै परेको हिमपातले बिग्रिएपछि दैलेख सदरमुकामका नागरिक पानीबाट वञ्चित भएका छन् । एक सातासम्म पानीको हाहाकार भएपछि कतिपय नागरिकहरू आफ्ना दैनिक काम छोडेर घण्टौँ सम्म बजार नजिकै रहेका धाराहरूमा ल्याइन लाग्नुपर्ने बाध्यता भएको छ ।
गाउँबाट बजार कुनै कामको सिलसिलामा बजारमा कोठा भाडा लिएर बस्ने नागरिकहरूलाई एक हप्ता सम्म पानी अवरुद्ध हुँदा झनै समस्या भएको स्थानीय बताउछन ।
यस अघिका वर्षहरू भन्दा यो वर्ष वर्षा र हिमपात धेरै भएको र टाढा लेखको भूभागबाट ल्याइएको पानी बिग्रिदा बजार क्षेत्रमा समस्या भएको भन्दै पानी छिटो मर्मत गर्ने प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले ताकेता गरेपछि नेपाली सेना र खानेपानीको प्राविधिकहरू मर्मत गर्ने गए मौसम बदलिले मर्मत टोली फिर्ता भएको थियो ।
नारायण खानेपानी कार्यालयले दिएको जानकारी अनुसार हिमपातको कारणले भाभासैनी तितेगैरामा पानी बिग्रिएको र बाक्लो हिमपातले जान नसकिएपछि बजारमा पानीको समस्या भएको हो बुधवार पानी मर्मतको लागि ८ जना आर्मी सहितको टोली गएको र प्रतिकुल मौसमका कारण हिजो मर्मत गर्ने नसकिएपछि पुन आर्मी सहितको टोली बिहीबार गएको र तितेगैराको समस्या समाधान गरी टोली रातिसम्म फर्केको छैन । हिमपातको कारण बिग्रेको ठाउँमा बनाई सकिएकोले अनेत्र समस्या नभए शुक्रवार बजारमा पानी दिन सकिने कार्यालयले जानकारी दिएको छ ।
तपाईहरु संग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।