जुम्लामा हिउँले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ वर्षीय मुन रावत र तातोपानी ८ निवासी ३७ वर्षीया देवी शाहीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।
रावतको गोठालो गएको बेला हिउँमा परेर ज्यान गएको र देवी शाहीको सेतो चिनी कोरेर फर्किने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।