कोरोनाको तेस्रो लहरले माहामारीको रुप निल थाले पछि जुम्लाका सरोकारवाला निकाय कोभिड प्रतिकार्यको लागि पूर्वतयारी तिर लागेका छन । दिनप्रतिदिन फैलिरहेको कोरोना संक्रमणलाई मध्येनजर गर्दै पहिले संचालनमा रहेका हेल्थ डेक्स, कोभिड वार्ड, लगायतलाई फेरी सुचारु गर्न तर्फ जुम्लाका सरोकारवाला निकाय लागेका हुन् ।
बुधबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति डिसिसिएमसि र जुम्लाका विभिन्न सरोकारवाला निकायले छलफल गरी कोरोनाको आमिक्रोन भेरियन्टलाई कम गर्न र प्रभावकारी उपचार व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तयारी अवस्थामा राख्नु पर्ने र प्रतिष्ठानमा रहेको आइसोलेसन सहितको कोभिड वार्डलाई फेरी सुचारु गर्ने लगायतका निर्णयहरु भएका छन ।
विभिन्न नाकामा हेल्थ डेक्स राख्ने क्रममा पहिलो चरणमा नागरिक उडड्यन प्राधिकरण संग समन्वय गरी एयरपोर्टमा हेल्थ डेक्स राख्ने र हेल्थ डेक्समा कर्मचारी राख्ने सन्दर्भमा नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयले आलोपालो कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले बताउनु भयो ।
कोभिड प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरु जुम्लामा रहेका संघ संस्थाहरुसंग समन्वय गरी माग गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । स्वास्थ्य मन्त्रालयबाट जिल्लामा रहेका स्वास्थ्य संस्थामा आइसोलेशन सहितको कोभिड वार्ड संचालन गर्नु भनि निर्देशन आएकाले कर्णाली स्वास्थ्य विज्ञानलाई पनि तयारी अवस्थामा रहन प्रजिअ पसाइले निर्देशन दिनुभएको हो ।
यो माहामारीको बेला सबै भन्दा बढि जिम्मेवार अस्पताल र डाक्टर हुनुपर्ने उहाँले बताउनु भयो । जुम्लामा प्रतिष्ठान भएकाले प्रदेशले एम्बुलेन्स र शवबाहान नछुटाएको जानकारी गराउदै प्रसाइले एम्बुलेन्स र शव वहानको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले कोभिड संक्रमण फैलिन नदिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ तयारी अवस्थामा रहन अनुरोध गर्नुभएको छ । कोभिडको बेला बिरामी बोक्नलाई एम्बुलेन्सको एकदमै आवश्यकता पर्ने भएकाले आफुले पनि एम्बुलेन्सको लागि प्रयास गरिरहेको उहाँले जानकारी गराउनु भयो ।
कोभिडको पहिलो र दोस्रो चरणमा जुम्लाका संघ संस्थाले गरेको सहयोग एकदमै महत्वपूर्ण भएकाले तेस्रो चरणमा यस्तै सहयोगको आशा गरिएको उहाँको भनाइ छ । यसैगरी कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर राजीव शाहाले प्रतिष्ठानमा १ सय २० वेडको आइसोलेशन कोभिड वार्ड तयारी अवस्थामा रहेको जानकारी गराउनु भयो ।
८ हजार एन्टिजेन किट र पिसिआर किट १२ सय रहेको बताउदैँ भोलिका दिनमा कोरोना परिक्षणलाइ बढाउनु पर्ने भएमा किट्को कमि रहने उहाँले बताउनु भयो । पिसिआर किट खरिदको लागि प्रतिष्ठानमा प्रयाप्त बजेट नभएकाले पनि समस्या भएको उहाँको भनाइ छ । कोरोना परिक्षण किट, माक्स, लगायत कोभिड प्रतिकार्यमा आवश्यक सामाग्री संघ संस्थाले सहयोग गरिदिए सहज हुने उहाँको भनाइ छ ।
यस्तै अहिले जुम्लामा ७ जना कोरोना संक्रमित रहेको उहाँले जानकारी गराउनु भयो । एक जना ३ वर्षको बच्चा, ४ जना प्रतिष्ठानकै कर्मचारी सहित ७ जना रहेका छन् । बच्चालाई कोभिड निमोनिया भएकाले उपचार भइरहेको र अवस्था सामान्य रहेको पनि उहाँले जानकारी गराउनु भयो ।