खलंगाका भित्ताभित्तामा पेस नेपालको भुकम्प र कोभिड १९ सचेतना सामाग्री

जुम्ला सदरमुकाम खलंगाका विभिन्न स्थानका भित्तामा भुकम्प र कोभिड १९ सचेतना फैलाउने बारेका पोष्टर टाँसीएको छ । जिल्लाको विमानस्थल,जिल्ला प्रशासन कार्यालय,कृष्णमन्दिर लगायतका स्थानमा सचेतना सामाग्री टाँसीएको हो । पोष्टरमा भुकम्प प्रतिरोधी घर निर्माण गरेर सुरक्षित हुन र कोभड १९ को संक्रमणबाट जोगिन आग्रह गरिएको छ ।
मास्क खोई,कोभिड नोभिड जस्ता सन्देश लेखिएको पोष्टरले समुदायस्तरमा जनचेतना जागृत गर्ने विश्वास गरिएको पेस नेपालका हरी शर्माले जानकारी दिए । उनले भने,‘कार्यक्षेत्रका गाउँबस्तीमा पनि सरकारी आचारसंहिता अनुसार सचेतना फैलाउने काम भइरहेको छ । यो संगै समुदाय स्तरमा घरबाहिर निस्कदा मास्क अनिवार्य लगाउने, स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै सबै नागरिकलाई खोप लगाउन प्रेरित गर्ने कार्य चलिरहेको छ ।
भुकम्प दिवसका अवसरमा सबै खाले विपद न्युनिकरण गर्नको लागि आग्रह गरिएको थियो । प्लान नेपाल,कारीतास जर्मनी,कारीतास नेपाल र पेस नेपालको आर्थिक सहयोग र भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको समन्वयमा जनचेतनामुलक प्रचार सामाग्री प्रकाशन तथा टाँस गरिएको हो । लामो समय देखि पेस नेपाल जुम्लाले विपद तथा प्रकोप न्युनिकरणका क्षेत्रमा काम गर्दै आइराखेको छ । पोष्टरमा सार्वजनिक सेवा लिदा अनिवार्य कोरोना विरुद्धको खोप कार्ड साथमा राखौँ ।
स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डको पालना गरौँ । कोरोनाबाट आफु बचौँ । अरुलाई पनि बचाऔँ । भुकम्पीय सचेतना फैलाएर सुरक्षित संरचना निर्माण गरौ, भन्ने नारा लेखिएको छ ।

सम्बन्धित शीर्षक