जुम्लाको तिलामा पानी घट्ट संरक्षण

No description available.
गणेश रावत
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा परम्परागत पानी घट्ट अहिले पनि उत्तिकै प्रयोगमा छन् । बढ्दो आधुनिकता संगै कुटानी पिसानीको प्रविधि आए पनि यहाँका स्थानीयवासी पानी घट्टको संरक्षण गर्दै आएका छन् । पिठो पिस्न परम्परगत पानि घट्टको प्रयोग हुदै आएको छ ।

गाउँ घरमा पाइने परम्परागत घरेलु यन्त्र लोप हुन थाले पनि तिलाँका गाउँ बस्तिमा भने अझै परम्परगत प्रबिधिक प्रयोग हुदै आएको छ । अहिले पनि हेर्ने हो भने जाँतो, हाते मुसल, ओखल , लोरा सिलौटा प्रसस्ता रुममा भेटिन्छन् । सेवा सुविधा मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप जिल्लाका सहरी भेगमा लोप हुदै गएका छन् । तर तिला बासिको घर आँगनमा कुट्ने पिस्ने आधुनिक प्रबिधि प्रयोग गर्दै आएको स्थानिय कर्ण रावतले बताए ।

No description available.

तिला गाउँपालिका ग्रामीण भेगमा अहिले पनि परम्परागत यन्त्र प्रयोग गर्न छोडेका छैन्न । ओखल, लोरो सिलाउँटो , पानी घट्ट मा पिस्दै आएका छन् । गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ । दसैँ–तिहार जस्ता चाडपर्वका लागि ढिकी, जाँतोमा कुटानी पिसानी को लाईन हुने गरेको स्थानीय खुम्मेनि रोकायले बताउँनु भयो । बिषेस गरेर दशैँ, तिहारमा बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइने गरिन्छ । गाउँघरमा आफैले उत्पादन गरेको तोरी पेल्न दुनो कोलमा हात्ले पेल्दै आएका छन् ।

तर, अहिले बजारमा पाइने विभिन्न ब्रान्डका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने कोलमा तोरी पेल्ने प्रचलन हराउँदै जान थालेको छ । यस्तै बिजुलीबाट चल्ने मिक्चर आएपनि गाउँमा अचार तथा मरमसाला मिस्ने लोरा सिलौटा प्रयोग हुदै आएका छन् । चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले पनि यहाँका गाउँमा देख्न सकिन्छ । बिस्तारै बजार बाट गाउँ गाउँमा सडक खनिएका छन् । यातायात सुबिधा संगै परिर्वतन हुने उनले बताए । तर पनि तिला बासिले संरक्षण गर्दै आएका छन् ।

सम्बन्धित शीर्षक