बारेकोटमा बालविवाहको च्याङ, २० बर्ष नपुग्दै दुई सन्तान

खलंगा । जिल्लाको ग्रामीण भेगहरुमा वालविवाह तीब्र रुपमा बढ्दै गएको छ । गरिबी, वेरोजगारी, अशिक्षा चेतनाको कमी लगायतका थुप्रै कारणले बालविवाह बढिरहेको छ । जिल्लाको बारेकोट गाउँपालिका २ का स्थानीय उसा नेपाली अहिले १९ बर्षकी भईन । वि.स. २०७५ सालमा उनीले सोही गाउँ स्थानीय आनन्द नेपालीसंग विवाह गरेकी थिईन । अहिले उनकी ३ बर्षिय छोरी छन् ।

यस्तै, सोही गाउँका स्थानीय राजेन्द्र नेपाली अहिले १७ बर्षका भए । उनले वि.स. २०७५ सालमा सोही गाउँमा बस्ने माया विकसंग विवाह गरेको थिए । अहिले उनकी १९ महिनाकी छोरी छन् ।
यस्तै, त्यही गाउँका स्थानीय प्रकाश विक अहिले २० बर्षका भए । अहिले उनको छोरा २१ महिनाको छोरा छ । उनले पनि वि.स. २०७५ सालमा १७ बर्षको उमेर बारेकोट गाउँपालिका १ रामीडाँडाबाट विवाह गरेका हुन ।

सोही गाउँकी राममाया नेपालीले अहिले १७ बर्षकी भईन उनले यही बैशाखमा बारकोट गाउँपालिका १ बयालका आफ्नै फुपुका छोरा विष्णु नेपालीसंग विवाह गरिन । यस्तै, सोही ठाउँका कालीबहादुर नेपाली हिले १९ बर्षका भए उनीले पनि गत भदौमा त्यही स्थानकी युवतीसंग विवाह गरे ।

यस्तै, सोही ठाउँकी राममाया नेपाली अहिले १५ बर्षकी भई भईन उनीले विवाह गरेकी छन् । गत मंसिर महिना बारेकोट गाउँपालिका ५ मा बस्ने दिपेन्द्र नेपालीसंग विवाह गरेकी हुन ।

गाउँपालिका भित्र बर्षमा एक दर्जन भन्दा बढी वालविवाह हुने गरेको बारेकोट २ का स्थानीय भीमबहादुर नेपालीले बताए । बारेकोटमा वाल विवाह दिन प्रतिदिन बढ्दै गएको छ । तर वाल विवाह रोकथाममा स्थानीय सरकारले कुनै ठोस कार्यक्रमहरु नल्याएको बारेकोट स्थानीयहरुको गुनासो छ ।

कानुनमा बालविवाह अपराध हो । विहे वारी, विस बर्ष पारी सरकारको नारा भएपनि स्थानीय सरकारले बालविवाह सम्बन्धी कुनै ठोस योजना ल्याएको छैन् । जनप्रतिनिधि र स्थानीयहरुको लागि बालविवाह एक परम्परागत प्रचलन जस्तै भएको छ ।

सरोकारवाला निकायहरुसंग वाल विवाहको कुनै पनि विवरण नभए पनि स्वास्थ्य क्षेत्रमा हुन आउने गर्भवती महिलाहरुको उमेर दर हेर्दा बारेकोटमा हुने विवाहरुको करिब ६० प्रतिशत वाल विवाह हुने गरेको बारेकोट २ का स्थानीय तुलबहादुर नेपाली बताए ।

सम्बन्धित शीर्षक