समाजमा अपाङ्ता व्यक्तिको पहिचान  बदाल्दै , गुठिचौर गाउँपालिका

गणेश रावत,

कर्णाली प्रदेशमा पर्न जुम्ला गरिबी , अशिक्षा , राेग र भाेगकाे पर्यायका रूपमा लिन्छ । अहिले पनि यहाँका गाउँ बस्तीमा जनचेतना कमी छ । राम्रो शिक्षा पुगेको छैन । गाउँमा माथिल्लो जातले तल्लो जातलाई फरक दृष्टि काेणले हेर्न गरिन्छ । अहिलेकाे कम्प्युटर जमिनमा पनि गाउँमा हिँसा अन्ते भएको छैन ।  गाउँमा रहेका अपङ्ग , असाय , दलित लाई हाम्रो समाजले फरक नजरले हेर्छन् । समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने भ्रम छ । उनीहरुलाई अपमान गर्ने देखि हेयका दृष्टिले हेरिने गरिन्छ । यसकाे निउनिकरण गर्न सरकारी ,गैरसरकारी संस्था लागिपरेका छन् । तर पनि यसले समाजमा जराे गाडेर बसेकाे छ ।

अपङ्गता भएका ब्यक्ति लाइ सरकारी सेवा सुविधा सहजै रुपमा उपलब्ध हुदैनन । आएको सेवा सुविधामा पनि ढिलासुस्ती गर्नाले निकै ठुलो समस्या भोगिरहनु परिरहेको छ । तर अहिले जुम्लाको गुठिचौर गाउँपालिकाले भने अपाङ्ता भएका व्यक्तिको सहजताको लागि विभिन्न विकल्प खोजिरहेको छ । अपङ्गता भएकाहरुलाई स्वरोजगार बनाउन सीपमुलक क्रियाकलापमा संलग्न गराउँदैछ । दैनिक जिबनमा प्रयाेग हुदै अाएका लत्ताकपडा मोजा, स्वीटर, गलबन्दी,टोपी बुन्न सिकाउँदैछ । गाउँ घरकाे भ्रम अन्ते गर्न गाउँपालिकाले लागि परेको अध्यक्ष हरीबहादुर भण्डारी बताउँछन ।

गाउँमा अपङ्ग ले केही गर्न सक्दैनन् भने साेच बदल्नु जरुरी रहेकाे छ । उनले भने,‘समाजमा सबैले समान हिसावले बाच्न  पाउनुपर्छ । जसका लागि सबै बराबर रहन व्यवसायी बन्न जरुरी छ । ’ उनले गाउँपालिका भित्रका ५३ जना अपाङ्ता भएका व्यक्तिलाई एकै ठाउँमा जम्मा गरि सीपमुलक तालिम वा कार्यमा गर्न सफल भएको अध्यक्ष भण्डारी बताउँछन । यो सीपमुलक कार्यमा सबै वडाका अपङ्ग भएका व्यक्ति सहभागि छन । ३६ जना पुरुष र १७ जना महिला सीपमुलक कार्यमा जोडिएका छन । वडापालिकाको सिफारीसमा सहभागि छनौट गरिएको हाे ।

उनले भने,‘ अहिले अपाङ्गता भएका व्यक्ति समाजका सबैभन्दा अपहेलित भएका छन । सबैले हेर्ने नजर समान छैन । यो अवस्थामा सीप सिकाएर जीवन जीउन सिकाउनु निकै राम्रो पक्ष हो । यो स्थानीय सरकारको स्वागतयोग्य कार्य हो । ’ समुदाय स्तरमा अपाङगता भएका व्यक्तिहरुलाई गर्ने व्यवहार र हेर्ने नजर निकै निच छ । उनले भने,‘अब समाजका सबैभन्दा अब्बल र पौरखी बन्ने हिम्मत प्राप्त भएको छ ।यो सीप उनीहरुको जीवन जीउने एक आधार बन्ने पक्का छ । ’ गुठिचौर गाउँपालिका २ गोठ गाउँका मुनप्रसाद ऐडी सीप सिकेर आत्मनिर्भर बन्ने बताउँछन । उनले भने,‘स्वास्थ्यले साथ दिएको थिएन ।

त्यसैमा कुनै पनि सीप सिक्ने अवसर मिलेन । अब स्थानीय सरकारले सीपमुलक काममा अग्रसर हुने अवसर प्रदान गरेको छ । निकै खुसी छौँ । सीप सिकेर आफु पालिएर अरुलाई पाल्न सक्ने आँट सिर्जना भएको छ । ’ उनी गाउँमा रोजगारको कुनै अवसर नहुँदा खोडीमुलक गएपछि गाडीले किचेर अपाङ्ग जीवन बिताइरहेका छन । काम खोज्दै आधा परानी मरिसकेको छ । बाँकी रहेको परान पाल्न यो सीपले निकै राहत पुर्याउनेछ । गाउँपालिकाकाले दिएको सीपमुलक काममा इमान्दारीताका साथ लाग्ने जयलक्ष्मी भण्डारीले बताइन । उनले भनिन्,‘ इमान्दारीता र लगनशिल भएर सीप आर्जन गर्न सके यसैमा भविष्य छ । ’उनीहरुलाई गुठिचौर गाउँपालिका ५ की मंगला न्यौपानेले सीप सिकाइरहेकी छिन । मंगलाले भनिन्,‘सीप सिकेको खण्डमा भोकै मरिदैन । भोको हुने अवस्था नआए जेनतेन गुजारा चल्छ । यही नै उत्तम विकल्प हो । ’

गुठिचौर गाउँपालिकाको आर्थिक सहयोगमा नौमुडे अपाङगता भएका व्यक्तिहरुको सञ्जाल गुठिचौरले सीपमुलक कार्यक्रम आयोजना गरेको हो । अहिले दिनभर अपाङ्गता व्यक्तिहरु सीपमुलक कार्यमै खटिएका हुन्छन । गाउँपालिका अध्यक्ष भण्डारीले अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि गाउँपालिका चिन्तित रहेको बताए । उनले आगामी दिनमा सीपमुलक काम बाहेकका अन्य विकल्प भएपनि सहजीकरण गर्ने बताए । अपङ्गता भएका ब्यक्तिकाे मनोबल उच्च बनाउने अाधार बन्ने भएको छ ।

सम्बन्धित शीर्षक