स्टेचरमा विरामी बोक्नुपर्ने बाध्यता अझै हटेन

गणेश रावत ,
कर्णाली प्रदेश भैगोलिक हिसाबले विकट त छँदै छ। झनै विकट छन् यहाँका कुना कन्द्राका गाउँ वस्ती । जहाँ बिरामि हुदा स्टेचरको भरमा बिरामि बोक्दै आउँनु परेको छ । यो जुम्ला जिल्लामा पर्ने तिला गाउँपालिका वडा नम्वर ६,७,८,९ नम्वर वडा झनै विकट छन । यहाँका गाउँघरमा यातयात सुविधा नहुदा यहाँका स्थानियले सदरमुकाम आउन ३घण्टा पैदल हिड्नु पर्छ ।

बिकास निमार्ण र दैनिक उपभोग्य खाद्धन बस्तु किन्न बेच गर्न एक दिन लगायर जाने गरेको स्थानिय नरीमान रावतले बताउनु भयो । उहाँका अनुसार गाउँ घरमा पहिलेकै झै स्टेचरमा विरामी बोक्नु पर्न वाध्यता भने अझै हटेको छैन् । गाउँघरमा नत राम्रो वाटो छ नत सेवा सुविधा ।

स्टेचरमा विरामी बोक्दा वोक्दै यहाँ स्थानीय को काध थाकेको रावतले बताउनु भएको छ । यातयातको सुबिधा नहुदा स्टेचरमा बिरामि बोक्नु परेको हो । अहिले गाउँगाउँमा सडक खनिए पनी मालबाहक गाडि भने गुड्दैन्न । जव सम्म पक्कि पुल वन्दैन् तब सम्म यो पिडा भोग्नु पर्न स्थानिय बताउँछन् ।

हिउँद को समयमा सवै युवाहरू कालो पहाड जान्छन् तेति वेला गाउँमा विरामी लाइ अस्पताल सम्म लैजान मान्छे समेत गाउँम रहँदैन्। तेति खेरा बुढापाख लाई विरामी अस्पताल लैजान हम्मे हम्मे हुने हुने गरेको ५०वर्षा का स्थानिय विर वहादुर रावत ले बताएका छन् । विरामी पर्दा,चोटपटक लाग्दा रारा सम्म लैजान गारो हुने गरेको रावतले बताउनु भयो ।

सम्बन्धित शीर्षक