गणेश रावत,
जुम्ला .पछिल्लो समय जुम्लाका गाउँपालिका कुरीति लाई अन्ते लागि परेका छन् । गाउँ घरमा विक्रल रुप लिएका कुरीति,कुस्सकार,छाउपडि,बालबिवाह निउनिकरण गर्न अभियान थालेका हुन । तिला गाउँपालिका मा रहेका ९ वडाका ३२ बस्ती छुइगोठ मुक्त भएका छन् । भने त्यस्तै पातारासी गाउँपालिका का सात बस्ती पनि छुईगोठ मुक्त भएका हुन् ।
यसको निउँनिकरण गर्न आफु आफैमा परिवर्तन हुन तिला गाउँपालिका उपाअध्याक्ष बिष्णु बुढाले आग्रह गर्नु भएको छ । उहाँका अनुसार समाज परिवर्तन गर्न आफु बाट सुरु गर्नुपर्न वाताउँनु भयो । बालविबाह गाउँघरमा लुकि छुपि र देखाशिखीले बढ्दै गएको छ । सानो उमेरमा बिवाह गर्दा पाठेघर खस्ने,जिउ दुख्ने , कुपोषण बच्चा जन्मिने गरेको स्वास्थ्य कर्मि बताउँछन् ।
पहिला साथिको लहिलहैमा लागेर बिवाह गर्न र पछि अर्काे विबाह गर्न गरेको घटना गाउँमा बढेका छन् । यसको अन्ते गर्न अभियान सँञ्चालन गरियको हो । छुई हुदा गोठमा बस्दा विभिन्न दुख परि बाट महिला मुक्त हुदा खुशि भएको बाँचु रावले जानकारि दिनु भयो ।