गणेश रावत,
हिउँद महिना सुरू भए सँगै जुम्ला सुख्खा बन्दै गएको छ । हिमाली जिल्ला जुम्ला मंसिर महिना लागे लगातै विस्तारै सुख्खा हुदै जान थालेको हो । तीन महिना यहाँ को वातावरण सुख्खा रहने गर्दछ । मंसीर , पुस , माघ महिना यहाँ अत्यधकि चिसो हुने गरेको स्थानीय अभिराज चौलागाईंले बताएका छन् । उहाँका अनुसार चिसो बढे सँगै जनजीवन प्रभावति हुदै गएको छ । मौसम फेरिय सँगै तापक्रम पनि घट्दै गएको छ ।
चिसो बढ्दै जादा स्थानीयले लत्ताकपडा ,दाउराको बन्दो ब्यवस्था गर्न लागेको चौलागाईंले बताएका छन् । यो तीन महिनामा यहाँका जेष्ट नागरिक ,बालबालिका लाई समस्या हुने गरेको छ । बाक्ला बाक्ला कपडा किन्ने र दाउरा गर्न गरेको अर्का स्थानीय पदमकलि रावलले बताईन । हिउँदमा हिउँ पर्दा झनै चिसो हुने गर्छ । घरमै बसेर दिन चार्य विताउने गरेको बताउनु भयो । हिउँले सबै सुख्खा र चिसोले यहाँ अब बाटै घर बाहरि निस्किन समेत गा¥हो हुने भएको छ ।
अहिले जुम्ला बस्तिारै हरियाली बाट सुख्खा मा परविर्तन भएको छ । सुख्खा हुदै जादा भेडा,बाख्रा , गाई, गोरू लाई घासको समस्या हुने गर्दछ । त्यसैले यहाँका स्थानीयले कार्तिक महिना मै घासको जोहो जर्न गर्दैछन् । कार्तिक मा जम्मा गरेको घासले हिउँदमा पशु चौपाया पाल्ने गरिन्छ । फागुन महिना लाग्न साथ हरियाली हुदै जाने गर्दछ ।