जुम्लामा मेगराज न्यौपाने को संयोजकत्वमा एनसीइको समन्वय ११ जना समिति गठन गरीयो

गणेश रावत,

जुम्लामा शिक्षाका लागि राष्ट्रिय अभियान एनसीइको जिल्ला समन्वय समिति गठन गरिएको छ । आज कार्यक्रम जुम्लाको भेलीविउ होटलमा सम्पन्न भएको हो । मेगराज न्यौपाने को संयोजकत्वमा समन्वय ११ जना समिति गठन गरिएको छ । समितिको सचिवमा नैरते नेपाली र कोषाध्यक्षमा यलिसा हमाल सर्वसम्मत चयन हुनुभएको हो ।

यस्तै सदस्यहरुमा गोपाल रोकाया , भेष बहादुर रावल, हरि बहादुर शर्मा , सपना रावत, विमला थापा, दिलमाया शाही , गणेश रावत, पुर्णप्रसाद गैतम , गगंन शाही रहनुभएको छ । एनसीई नेपालका केन्द्रीय कोषाध्यक्ष टीकारामा आचार्यको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमबाट जुम्लामा समन्वय समिति गठन गरिएको हो ।

सम्बन्धित शीर्षक