गणेश रावत,
जुम्लामा जिल्ला स्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता भोली बाट सञ्चालन हुने भएको छ ।यही कार्तिक २५ गते देखि जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको हो । जुम्लाका आठै स्थानीयतहका १,महिला १,पुरुष टिमले प्रतियोगितामा सहभागिता जनाउने भने पनि ६ वटा गाउँपालिका ले मात्र टिम दर्ता गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताएका छन् ।
जसमा पातारासी गाउँपालिका,तिला गाउँपालिका,गोठिचौर गाउँपालिका, तातोपानि गाउँपालिका,हिमा गाउँपालिका,कनका सुन्दरी गाउँपालिका पुरुषको टिम दर्ता भएका छन् भने त्यस्तै महिला टिममा तातोपानि गाउँपालिका, पातारासी गाउँपालिका, गोठिचौर गाउँपालिका, तिला गाउँपालिका को टिम दर्ता भएका छन् । आज रेडियो कर्मी,रेफ्रि सँग कुरा गर्दै यहि कार्तिक को २५ गतेदेखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा यहाँका ४ वटा महिला टिम र ६ पुरुष टिम दर्ता गरेर आज टाइसिट निकनिलएको छ । (क) को पहिलो खेलमा पातारासि गाउँपालिका विरुद्ध तातोपानी गाउँपालिका खेल्ने भएको छ।
दोस्रो खेल गोठीचौर गाउँपालिका विरुद्ध हिमा गाउँपालिका खेल्ने भएका छन् । यी दुईवटा खेलमा विजेता हुनेले कनका सुन्दरी सँग खेल्ने जुम्ला जिल्ला रेफ्रि हरिलाल महतले बताएका छन् । (ख) पोलको गोठिचौर गाउँपालिका विरुद्ध हिमा गाउँपालिका बाट विजेता भएको टिमले तिला गाउँपालिका सँग खेल्ने भएको छ । (क) को विजेता र (ख) को विजेता बिज फाइनल खेल प्रवेश गर्न भएको छ । दुई टिम बिज विजेता हुने प्रथम घोषणा हुनेभएको महतले वताउनु भयो । त्यस्तै महिला भलिबल मा पहिलो खेल तातोपानी गाउँपालिका विरुद्ध पातारासी गाउँपालिका खेल्ने भएका छन् । दोस्रो खेल गोठिचौर भिएस तिला गाउँपालिका भिड्ने भएका छन् ।
(क) पोलको विजेता र (ख) पोलको विजेता विच फाइनल खेल हुने भएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आर्चायले बताउनु भएको छ । प्रतियोगितामा प्रथम आउने महिला पुरुष टिम संगै अन्य टिमका पनि उत्कृष्ट खेलाडीलाई छनौट गरिने भएको छ । छनौट भएका खेलाडीलाई करिब एक महिना सम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरी मुख्यमन्त्री कपमा सहभागी गराइने सदस्य सचिव आर्चाले जानकारी दिइन् ।