कर्णालीमा बाढी पहिरो वितण्डा : आठ जनाको मृत्यु, तीन सय परिवारलाई सारियो

सुर्खेत। कर्णाली प्रदेशमा आइतबार साँझदेखी एक्काशी अविरल वर्षातका कारण जनजीवन प्रभावितसँगै मानवीय क्षति समेत भएको छे । सोही दिनदेखीबाट परेको लगातार भारी वर्षापछि प्रदेशमा बाढी– पहिरोमा परेर बुधबारसम्म ८ जनाले ज्यान गुमाएका छन् भने तीनसय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका एकै परिवारका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बाढी र पहिरोबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने छन् । उनीहरु गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका हुन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ । सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।

जुम्ला र सुर्खेतमा कृषकले लगाएको धानबालीमा ठूलो क्षती पुगेको छ । प्रदेश प्रहरीका अनुसार बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । जुम्लामा मार्सी धानकाे खेतबारी नै तीला नदीले कटान गरेकाे छ ।

३ सयबढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।

कर्णाली नदीमा आएको बाढीका कारण डुवानमा परेको दैलेखको रामाघाट बजार ।

त्यस्तै कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ । उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको प्रहरीले जनाएको छ । यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१, मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । स्थानीय वासिन्दाहरुको सहयोगमा प्रहरीले २०÷२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

राजमार्ग अवरूद्ध

लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग ठाउँमा अवरूद्ध भएको छ । दैलेख, कालीकोट र जुम्ला सड्क खण्डका चार ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरीले जनाएको छ । दैलेख खण्डमा खिड्कीज्युला, घट्टेखोला, कालिकोटको जिते, खाँडाचक्र नगरपालिका क्षेत्र, तिलागुफा तिलागुफा नगरपालिका ४ धनाडा र जुम्लाको हिमा गाउपालिका १ स्थित बड्की गाउँमा पहिरो खसेको छ ।

यो राजमार्गको पहिरो गएको अन्य सबै ठाउँको हटाएपनि तिलागुफा नगरपालिका ४ धनाडामा फेरि पहिरो खसेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला लगाएत हिमाली जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् । राप्ती लाेकमार्गकाे सल्यान खण्डकाे कपुरकाेट क्षेत्रमा पहिराे जाँदा साे राजमार्ग पनि केही बेर अवरूद्ध भएकाे थियाे ।

सम्बन्धित शीर्षक