गणेश रावत,
जुम्लामा भेडाको बथानमा चट्याङ परेको छ। चट्याङ लागेर करिब ४० भेडा मरेका छन्। १५ भेडा घाइते भएका छन्। गुठीचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वनअन्तर्गतको चिमारा लेकनजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर भेडा मरेका हुन्।
यो क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो। गिरीले भने, ‘भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको बिषयमा पहल अघि बढ्नेछ।’ जुम्लामा ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ।