सालको काठ सहित पञ्चपुरी-२ का एक युवक पक्राउ

सुर्खेत । डिभिजन वन कार्यालय भेरीले ४४ थान सालको चिरान काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वन कार्यालयका प्रमुख ललित कर्णका अनुसार हिजो राती साढे दश बजे पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा सोही पालिका-२ का शंकर नेपालीलाई काठ सहित नियन्त्रणमा लिइएको हा ।

तस्करीका लागि भनेर राती ल्याईदै गरेको काठ कर्णाली प्रदेश ००२–००१०० त ९४ नम्बरको टयाक्टरमा ल्याइएको थियो । नेपाली र ट्याक्टर दुवैलाई प्रहरीको सहयोगमा कार्यालयले समातेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएफओ कर्णले बताए । ड्राइभरले घर बनाउनकालागि भनेर काठ ल्याएको भनेपनि तस्करी गर्नकालागि ल्याइएको कार्यालयको आशंका छ ।

उनलाइ उच्च सरकारी वकिलको कार्यालयमा थप प्रक्रियाका लागि पठाइसकेको छ । भने कसकालागि काठ लिइएको हो, के गर्न लिइएको हो भन्रे जानकारी अनुसन्धान पछि मात्रै थाहा बताइएकाे छ ।

सम्बन्धित शीर्षक