तीन बर्षमा कर्णालीमा एकसय ५२ जनाको हत्या

अवैध यौन सम्बन्ध, प्रेम प्रस्ताव अस्वीकार, अन्तरजातिय प्रेम, सामाजिक संजालको दुरुपयोग र सम्पतिको विवादका कारण हत्याका घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटना: १

अघिल्लो वर्ष जेठ १० गते जाजरकोटका ६ युवाको सामुहिक हत्या भयो । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा केटी लिन ८ गएका युवाहरु नवराज विक्क, सञ्जु विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको सोतीमा हत्या भयो । दलितले कथित माथिल्लो जातको युवतीसँग प्रेम गरेको भन्दै गाउँलेहरु मिलेर युवाहरुको सामूहिक हत्या गरेर भेरी नदीमा बगाइदिए । हत्या गरेको आरोपमा चौरजहारी नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित घटनामा संलग्न स्थानीहरु अहिले पनि थुनामा छन् ।

घटना : २

गत फागुन २ गते सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर १ तल्लोकाभ्राकी १६ वर्षीया कविता बोहराको हत्या भयो । मध्यराती सोही ठाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरे । प्रेम प्रस्ताव अस्विकार गरेपछि कृष्णले कविताको हत्या गरेका हुन् । फोनमा गफ गरिरहेका बेला कृष्णले पछाडिबाट खुकुरीले हिकार्याए कविताको हत्या गरे । कृष्ण हाल जेल सजाय भोगिरहेका छन् ।

याे पनि
दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या, शंकास्पद व्यक्ति प्रहरीकाे निगरानीमा

घटना : ३

गत साउन १२ गतेराती रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या भयो। गोठमा भैसीलाई वाँस हाल्न गएकी मनकलालाई जेठाजुका दुई छोराहरुले धारिलो हतियार प्रयोग गरेर हत्या गरे । हत्याको आरोपमा १५ र ११ बर्षीय नाबालक मनकलाका जेठान र जेठानी थुनामा छन् । उल्लेखितं घटना जाजरकोट, रुकुपश्चिम र सल्यानमा व्यक्ति हत्या भएका प्रतितिनिधिमुलक घटना मात्र हुन्। पछिल्लो समय कर्णाली प्रदेशभर व्यक्ति हत्याका घटनाहरु बढ्दै गएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षमा मात्र प्रदेशभर एकसय ५२ जनाको हत्या भएको छ । तथ्याङ्कअनुसार तीन बर्षको अवधिमा सुर्खेतमा ४६ जनाको हत्या भएको छ । आर्थिक बर्ष २०७५ मा १७ जना, ०७६ र ०७७ मा १०/१० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिए । त्यस्तै दैलेखमा मात्र तीन बर्षको अवधिमा २५ जनाको हत्या भएको छ । जाजरकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, सल्यानमा ३२ जना, जुम्लामा नौ जना, डोल्पामा चार जना, हुम्लामा चार जना, मुगुमा नौ जना र कालीकोटमा आठ.

जनाको हत्या भएको हो । चालु आर्थिक वर्षमा प्रदेशभर दैलेख र रुकुपश्चिममा एक-एक जनाको हत्या भएको छ। प्रदेशका अन्य जिल्लाको तुलनामा व्यक्ति हत्याका घटना सबैभन्दा धेरै सुर्खेतमा भएका छन् । अवैध सम्बन्ध, धनपैसाको लोभ, जातिय विभेद, सामाजिक सञ्चालको दुरुपयोग र प्रेमका कारण व्यक्ति हत्याका घटना बढ्दै गएको प्रहरीको भनाइ छ। यौनजन्य घटना, प्रेम प्रस्ताव अस्वीकार र अवैध सम्बन्धका कारण सबैभन्दा धेरै हत्याका घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सम्पतिको विवादका कारण पनि व्यक्तिको हत्या हुने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक