जाजरकाेटमा जीप दुर्घटना दुइ जनाकाे मृत्यु

सुर्खेत । जाजरकाेटमा  जीप दुर्घटनामा भएकाे छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेकाे भे १ क ९८७ नम्बकाे जीप नलगाड नगरपालिका-५  खारा-गेरेनी सडक खण्डकाे गेरेनीमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा दुइ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख मधुकुमार थापाले जानकारी दिए । मृत्यु हुनेमा नलगाड नगरपालिका-२ का ३५ वर्षीय शान्ति राेकाय र जुम्ला घर भइ जडीवुटीकाे काम गर्ने मंगल महतराकाे घटनास्थलमै मृत्यु भएकाे थापाले बताए ।

मृत्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टाउको काटेको छ भने नाम नखुलेका पुरुषलाई गाडीले किचेको छ । घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ । घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

गाडीको व्रेक फेलहुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ । यो कच्चि सडक गत बर्ष मात्र संचालनमा आएको हो । घटना स्थल सदरमुकाम खलंगादेखि ४५ किलोमिटरको दुरीमा पर्छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शीर्षक