गणेश रावत ,
सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाका पुर्णप्रसाद जैशी जुम्लामा आकर्षक मुर्ति बनाउँदै आएका छन । उनी मुर्ति बनाएर जीविकोपार्जन गर्न थालेका हुन । मुर्तिको माग बढ्दै गइरहेको बेला उनको व्यवसाय पनि राम्रो संग चलेको छ ।
एक मुर्तिको बनाउनको लागि १० दिन लाग्छ । एक फुटको मुर्तिको १० हजार रुपैयाँ पर्छ ।उनले भने,‘मुर्ति व्यवसायको जुम्लामा राम्रो संभावना छ । यही व्यवसायले सहजै रुपमा जीविकोपार्जन गर्न सकिने अवस्था छ । ’
उनी कार्तिक सम्म मात्रै जुम्लामा बसेर मुर्ति बनाउँने योजना रहेको छ । सबै देविदेवताको मुर्ति, गजुर सहितको शालिक समेत बनाउँछन । अहिले चन्दननाथ नगरपालिका ४ भारतीबाडामा कोठा भाडामा लिएर बस्दै आएका छन ।
उनले केही मुर्ति बनाएर सरकारी कार्यालयहरुमा उपहार स्वरुप दिने गरेको बताएका छन । अर्डर आएपछि सहजै रुपमा जुनसुकै व्यक्ति र भगवानको मुर्ति बनाउन सकिने अवस्था छ ।
मुर्ति बनाउन माग अनुसार घरमै पुगेर भएपनि बनाउने गरिएको छ ।
पहिले घरको अवस्था नाजुक थियो । उनी कामको शिलशिलामा भारतमा गएका थिए । भारतमा ६ दिन सम्म सडकमा काम गरे । त्यो रकमले उनले एक मुर्ति बनाए । मुर्ति जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराए । त्यहाँको प्रशासन कार्यालयले ५० हजार रुपैयाँ पुरस्कार दियो । त्यही रुपैयाँले उनले ३ मुर्ति बनाए । त्यहाँ देखि नै उनको मुर्ति बनाउने पेशा व्यवसायीक रुपमा अघि बढ्यो ।
२०७३ साल देखि मुर्ति व्यवसाय थालेका पुर्णको बाजुराको कोल्टीमा सानो होटल थियो । दिउँसो उनी होटल चलाउथेँ । राति मुर्ति बनाउने कार्यमा जुट्थे । मुर्तिको माग थिएन । तर अहिले मुर्तिको काम ह्वात्तै बढेको छ ।
पछिल्लो समयमा कोरोनाका कारण व्यवसायमा घाटा लागेको छ । अहिले अर्डर भएका मुर्ति उठाउन मान्दैनन । विभिन्न वहानाबाजी बनाएर किन्न मान्दैनन । अहिले सहज बन्दै गइरहेको छ । जुम्लामा मुर्ति पेशाको राम्रो संभावना हो ।