सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष युबराज ज्ञावली आज सुर्खेत आउने भएका छन । पार्टीका २०७५ जेठ दुई गतेका संरचना ब्युतिए सङ्गै कर्णालीमा विभिन्न भेला, बैठकमा सहभागी हुन उनी आज सुर्खेत आउन लागेका हुन ।
नेपाली रैबारसङ्ग कुरा गर्दै उपाध्यक्ष ज्ञावलिले भोलि सोमबार एमालेका केन्द्रीय सदस्यसङ्ग बिरेन्द्रनगरमा छलफल कार्यक्रम आयोजना समेत गरिएको छ । यसैबिच, एमालेको गढको रुपमा रहेको दैलेखमा जिल्ला कमिटीले उक्त दिन कार्यकर्ता भेला राखेको र सोही भेलालाइ सम्बोधन गर्नका लागि उनी आउन लागेका हुन । नेकपा एमाले र नेकपा एकता भएपछी कर्णाली नआएका उनी पार्टी २०७५ जेठ दुई मा फर्केपछी पहिलोपटक कार्यकर्ता भेलालाइ सम्बोधन गर्न दैलेख आउन लागेका हुन ।
“पार्टी इन्चार्ज, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु उक्त भेलालाइ सम्बोधन गर्न आउदै हुनुहुन्छ ।” एमाले दैलेख अध्यक्ष रबिन्द्रराज शर्माले भने, “भेलामा जिल्ला कमिटीका सबै सदस्य, मातहतका कार्यकर्ता, ११ वटै पालिकाका पदाधिकारीहरुको सहभागीता रहनेछ ।” उनले अहिलेसम्म एमाले एकढिक्का रहेको दाबी गर्दै भेलापछी मात्र को कता लागे भन्ने जानकारी दिन सकिने बताए ।