चारवटा कार नगद भरी भागेका अफगानी राष्ट्रपतिलाई पक्राउ गर्न ट्वीटर ट्रेन्डिङ

 

चारवटा कारसहित एक हेलिकप्टरमा नगद रुपैयाँ भरी भागेका अफगानी राष्ट्रपति असरफ घानीलाई पक्राउ गर्न माग गर्दै ह्यास्ट्याग इन्टरपोल अरेस्ट गानी ट्रेन्डिङ गरिरहेको छ ।

अन्तर्राष्ट्रिय प्रहरी इन्टरपोललाई आग्रह गर्दै अफगानिस्तानमा सुरु गरिएको ट्वीटर अभियान ट्रेन्डिङ गरिरहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
तालिबानले काबुल कब्जा गरिरहेका बेला राष्ट्रपति गानीले रक्तपात हुन नदिन भनी पलाययन गरेका थिए ।

तर उनको पलायनका बारेमा अफगानिस्तानका राजनीतिक नेताहरूले आलोचनात्मक टिप्पणी गरेका छन् । रुसी समाचार संस्थाले राष्ट्रपति गानीले चार कार र एक हेलिकप्टरमा नगद भरी भागेको जनाएपछि गानीलाई पक्राउ गर्न यो हयास्ट्याग सुरु गरिएको हो ।

छिमेकी मुलुक उज्वेकिस्तान भएर घानी भागेको भएपनि कहाँ लुकी बसेका छन् भन्ने त्यसको विवरण भने प्राप्त नभएको जनाईएको छ । अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरी परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाले घानीलाई जवाफदेही बनाउन ईश्वरले समात्ने र राष्ट्रले न्याय गर्ने बताए ।

 

 

 

सम्बन्धित शीर्षक