लुम्बिनीले ल्यायाे अध्यादेशबाट बजेट

काठमाडौं । बजेट पारित हुन नसक्ने स्पष्ट भएपछि प्रदेशसभा बैठक नै बहिस्कार गरेको लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ । गएराति अबेर संसद् अधिवेशन अन्त्य गरेको सरकारले अहिले बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले असार १ मा ल्याएको बजेट बिहीबार पारित गर्ने तयारी गरिएको थियो । लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो ।

तर विपक्षमा रहेका दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा रहेका सबै मन्त्रीलाई बाहिर निस्कन संकेत गर्दै आफू पनि बाहिरिएका थिए ।

सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यराति अन्त्य गरिएको थियो । प्रदेशसभा बैठक अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु परेको त्यहाँको सरकारले जनाएको छ ।

सम्बन्धित शीर्षक