तिलामा कोभिड-प्रभावित १८३ घरधुरीलाई किर्डाक नेपालद्वारा खाद्यान्न सहयोग

गणेश रावत, जुम्ल तिला गाउँपालिकामा कोरोनाले प्रभावित १८३ घरपरिवारलाई किर्डाकले खाद्यान्न सहयोग गरेको छ । वल्ड भिजनको सहकार्यमा किर्डाकले खाद्यान्न वितरण गरेको हो ।

विश्वमा कोभिड-१९ को दोश्रो लहर चलिरहेको अवस्थामा विशेष गरि न्युन आय भएका व्यक्तिहरुलाई नराम्ररी प्रभावित पारेको छ । नेपालाको अझ कर्णाली जस्ता दुर्गम जिल्लाहरूमा यसको प्रभाव बढी छ । गत वर्ष पनि विशेष कोरोना प्रभावितलाई राहत वितरण गरेको किर्डाकले यसपटक पनि विभिन्न ठाउमा गएर खाद्यान्न सहयोग गर्दै आएको छ ।

तिला गाउँपालिका वडा १, ६, ७, ८ र ९ नम्बर मा किर्डाकले आज खाद्यान्न सहयोग गरेको हो । गत असार १९ गते पनि सोही वडाहरुमा २२० घरपरिवारलाई खाद्यान्न वितरण गरेकोमा बाकी १८३ घरपरिवारलाई आज खाद्यान्न सहयोग गरेको हो । किर्डाकका फिल्ड अफिसर मनोज भट्टका अनुसर पहिलो चरणमा बाकी रहेकालाई उक्त वडाका अध्यक्षहरुको सिफारिसमा अति प्रभावितलाई सहयोग गरिएको जनाए ।

राहत प्याकेजमा ३० केजि सोना मन्सुली मसिनो चामल, ३ केजि दाल, २ केजि चिनी, २ लिटर तेल, २ केजि नुन र ४ वटा साबुन रहेको थियो । उक्त राहतमा प्रतिव्यक्ती ३२८८ का दरले बाडिएको र समग्रमा  १८३ जनालाई वितरण गर्दा कुल छ लाख एक हजार सात सय चार रुपियाँ (६,०१,७०४ ) को खाद्यान्न बाडिएको फिल्ड अफिसर मनोज भट्टले बताए ।

यस्तै, राहत वितरणका क्रममा वडा नम्बर ८ का लाल बहादुर रावतले पाएको खाद्यान्न सहयोग आफ्नै वडाका निकै कमजोर अवस्था भएका पैलमान बस्नेतलाई दिएका छन् । उनका अनुसार आफू भन्दा पनि बढी पैलमान बस्नेतलाई राहतको खाचो भएकोले आफुले पाएको राहत उनलाई दिएको बताए ।

सम्बन्धित शीर्षक