जुम्लाको तातोपानी गाउँपालिकाले निर्धारित समय भन्दा धेरै ढिला बजेट ल्याएको छ । जनप्रतिनिधि बीच बजेट बापडफाँडको विबादका कारण हाल सम्म आउन नसकेको तातोपानीको बजेट बल्ल आएको हो । असार ३० गते बसेको गाउँसभाबाट तातोपानीले करिब ४१ करोड २७ लाख बराबरको बजेट ल्याएको छ । वडाका आधारभुत विकासलाई प्रथामिकता दिदै ढिलो भएपनि प्रभावकारी बजेट ल्याएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताउनुभयो ।
उहाँका अनुसार धेरै सेवा सुविधालाई कटौती गर्दै विगतको तुलनमा पुगिगत बजेटका आकार भने बढाइएको छ । यदपी प्रस्तुत बजेटमा कर्मचारी तथा जनप्रतिनिधिका धेरै सेवासुविधा कटौती भएका छन् । जसले कर्मचारीहरुमा निसाशा देखिएको प्रमुख प्रशासकिय अधिकृत धितालले उल्लेख गर्नुभयो ।
तातोपानीका उपाध्यक्ष गंगादेवि उपाध्यायका अनुसार विनियोजन ४१ करोड २७ लाख बजेट सबै वडा वडामा समेत असार ३० मै बाडफाँड भईसकेको छ । कुल विनियोजित बजेट मध्य चालु तर्फ ६ करोड ७५ लाख ७६ हजार रहेको छ । भने पुजिगत बजेट सर्सत तर्फ १८ करोड,७० लाख ४४ हजार,विशेष अनुदान १ करोड ९९ लाख समपुरक अनुदान २ करोड रहेको छ । त्यस्तै, विषयगत शाखालाई २ करोड,३ लाख ७६ हजार,परामर्श तर्फ ३ लाख ८३ हजार विनियोजन गरिएको उपाध्यक्ष गंगादेवि उपाध्यायले बताउनुभयो ।
जनता संग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रममा बजेट भागबण्डा नमिल्दा आज सम्म रोकिएको बजेट आएपछि वडा वडामा आबश्यबकता अनुसार विनियोजन भएको छ । प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालका अनुसार जनता संग अध्यक्ष कार्यक्रममा ८० लाख र जनता संग उपाध्यक्ष कार्यक्रममा ७५ लाख विनियोजन गरिएको छ । यदपी अध्यक्ष उपाध्यक्ष आफुहरुलाई १÷१ करोड चाहिन्छ भनेकोले हाल सम्म बजेट आएको थिएन् ।
त्यस्तै, वडा नं. १ लाई ६० लाख, वडा नंं २ लाई ६० लाख ३ लाई ६५ लाख, ४ लाई ८४ लाख, ५ लाई ६५ लाख,६ लाई ६५ लाख,७ लाई ८४ लाख र वडा नंं ८ लाई ७७ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै एक घर एक फिल्टर,विपन्नको निशुल्क स्वास्थ्य बिमा,एक घर एक हिलटयांग,एक घर एक चुलो, प्रत्यक वडा कार्यालय व्यवस्थापन लगायतका कार्यक्रमलाई तातोपानीले प्रथामिकता दिएको तातोपानी गाउँपालिका अध्यक्ष लेखाअधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।
तातोपानीका अध्यक्ष नवराज न्यौपानेका अनुसार निर्धारित समय भन्दा केहि ढिला आएपनि बजेट जनमुखी रहेको दाबी गर्नुभयो । अन्तिम कार्यकालमा थोरै तर नमुना खालका कामहरु जाने योजनामा रहेको उहाँको भनाई छ । विपन्न, गरिब नागरिकहरुको प्रत्यक्ष जीवन सुधार हुने, आर्थिक आम्दानी तथा रोजगारीमुलक कामका जनता संग अध्यक्ष कार्यक्रमको बजेट खर्चिने समेत अध्यक्ष न्यौपानेको भनाई छ ।