सुर्खेत : कर्णाली प्रदेशको अधिवेशन अन्त्य गरिएको छ। कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य भएको हो।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो। सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन्।
बुधबार पनि आठौं अधिवेशनको अठारौँ बैठक पनि एमालेले अवरुद्ध गरेको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ।