भेडा, वाख्रा, कुखुरा लगायतका पशु पालन गर्दै आएका उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । उनका अनुसार गत पुस २ गते पहिलो सुचना जारी गरिएको थियो । उक्त दरखास्तको आह्वान अनुसार जम्मा ४ सय ८५ पशु पालनमा रहेका किसानको आवेदन अनुसार व्यवसायिक र पशु क्षेत्रमा योगदान पुर्याएकालाई स्थलगत अनुगमन गरेर ४९ जनालाई छनौट गरिएको प्रमुख बुढाले बताए ।
‘यो जिल्लामै पहिलो पटक किसान प्रोत्साहन गरिएको हो । यसले गर्दा किसानहरुलाई पशुपालन तर्फ ध्यान बढाउने छ । हामीले दरखास्त अनुसार ५० भन्दामाथि भेडा पालन गरिरहेका कृषकलाई मात्र दरखास्त दिने गरेका थियौं । यो भन्दा कम पालन गरिरहेकालाई लिएका थिएनौं । सरकारको जम्मा १५ लाख बजेटमा यो कार्यक्रमको थालनी गरिएको हो ’
पुरस्कृत भएका ४९ जनाकिसानलाई कुखुरा व्यवसाय गरेका किसानलाई १० हजार नगद प्रमाण पत्र र भेडा, बाख्रा, गाई , भैंसी ब्यवसाय गर्ने किसानलाई ३० हजार नगदसहित प्रमाण– पत्र वितरण गरिएको कार्यालयका सुचना अधिकारी पदमबहादुर केसीले बताए ।
आर्थिक समृद्धिका लागि पशु व्यवसाय र कृषिकर्म गर्न ठुलो भुमिका रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटिका बताए । पछिल्लो समय मुगुमा भेडा ब्यवसाय गर्नेहरुको संख्या पनि बढिरहेको छ । किसानहरुले न्युनतम एक सयदेखि ५ सयसम्म भेडा पालेका छन् । एकातिर भेडाको ऊनबाट अर्गानिक उत्पादन राडी, पाखि बन्ने गरिरहेका छन् । त्यसले गर्दा पनि किसानले भेडा बाख्रा पाल्न आवश्यक ठानिरहेका छन् । यसको संरक्षणमा स्थानीय सरकारले ध्यानदिनु पर्ने जानकारहरु बताउछन् ।