आलुखेतिमा हौसिँदै कनकासुन्दरीका किसान

जुम्ला कनकासुन्दरी ७ की जुना कार्की पछिल्लो समय आलुखेतिमा निकै हौसिएकी छिन । उनी आलु खेति नै समृद्धिको आधार ठान्छिन । आलु उत्पादन गरेर बजार सम्म लैजाने र बजारबाट रकम लिएर पारिवारिक खर्च जुटाउने उनको दैनिकी हो । बिहानै खेतबारीमा जाने आलु गोडमेल गर्ने गरेकी उनी आलुमै समृद्धिको सपना भएको बताउँछिन ।
उनले भनिन्,‘ आलु पहिले देखि लगाउने भएपनि परम्परागत विधि अनुसारको खेति हुने भएकोले खासै फाइदा थिएन । रोगकिराबाट जोगाउनु र उत्पादित आलु बजार सम्म लैजानु मुख्य चुनौति हो । ’सोही गाउँकी मुना कार्की आलु खेति आम्दानीको राम्रो स्रोत भएको बताउँछिन । उनी आधुनिक खेति प्रर्णाली अपनाएर आलु लगाएको खण्डमा मनग्गे आमदानी गर्न सकिने अनुभव उनको छ । उनले भनिन्,‘आलुको बजारमा माग धेरै छ । उत्पादन गर्न सकिएको छैन । उत्पादित आलु खेर गइरहेको छैन । यसैमा खुसि छौँ । ’


जुना र मुना एक उदाहरण मात्र हुन । उनका गाउँमा ६ जना पुरुष र १४ जना महिला मिलेर महादेव समुह गठन गरेका छन । समुह मार्फत सामुहिक आलु खेति गरेर जिल्लामै उदाहरणीय कार्य गरेका हुन । कारीतास जर्मनी र कारीतास नेपालको आर्थिक सहयोगमा पेस नेपालको साँझेदारीमा गाउँमै आलुबाली कृर्षक पाठशाला सञ्चालन भएपछि स्थानीय आलुखेतिमा आकर्षित भएका हुन ।
एकिकृत खाद्य सुरक्षा विपद जोखिम न्युनिकरण जलवायु अनुकुलन परियोजनाले महादेव आलुबाली कृर्षक पाठशाला चलाएर किसानलाई आलु खेतिको महत्व र आवश्यकताका बिषयमा कक्ष सञ्चालन गरेको थियो । आलु खेतिको अनुसन्धान,रोगकिराको व्यवस्थापन र कम्पोष्ट मल बनाउन सिकाइएको थियो ।


पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेति गरिएको थियो । जुन विधिबाट बढि आलु उत्पादन हुन्छ । किसानलाई त्यही विधिबाट आलु खेति गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए । किसानले खेतबारीमा आफै गएर डेमा मार्फत आलु खेतिको बारेमा प्रशिक्षण गरिएको थियो । गत चैतमा शुरु भएको पाठशाला साउन महिनाको पहिलो साता सकिएको थियो ।
५ सय बर्गमिटर जग्गामा आलु खेति गरेर अनुसन्धान गरिएको थियो । २ सय ५०बर्गमिटर जमिनमा परम्परागत विधिबाट ५० केजी आलु रोपिएको थियो । २५० बर्गमिटरमा आधुनिक विधिबाट आलु खेति गरिएको थियो । ५० केजी आलु रोपिएको थियो ।उनले भने,‘परम्परागत विधिबाट गरिएको खेतिमा ३ क्वीन्टल आलु फल्यो । आधुनिक विधिबाट गरिएको खेतिमा ६ क्वीन्टल आलु फल्यो । ’किसानलाई आधुनिक विधिबाट आलु खेति गर्न उत्साहित गरिएको उनले बताए ।


स्थानीय जुना कार्कीले आधुनिक विधिबाट आलु खेति गर्न थालेको बताउँछिन । उनले भनिन्,‘कृर्षक पाठशालाबाट आलुको गुणस्तरीय उत्पादनमा जोड दियौँ । गाउँमा आलु खेतिको लागि आह्वान गरेका छौँ । यो क्षेत्रलाई आलु पकेट क्षेत्र बनाएर जिल्ला बाहिर आलु निर्यात गर्न सकिने अवस्था सिर्जना गर्न लागि परेका छौँ । यो क्षेत्रलाई आलु आत्मनिर्भर क्षेत्रका रुपमा विकसित गर्न चाहन्छौँ । ’

सम्बन्धित शीर्षक