सुर्खेतसहित तीन जिल्लाको विद्युत अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ल्याइएको विद्युत लाइनमा समस्या देखिएपछि सुर्खेतसहित तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी प्रशारण लाइनको सुर्खेतको कल्यान–धुलियाविट क्षेत्रमा दिउँसो परेको पानीका कारण विद्युत लाइनमा समस्या देखिएको हो ।


‘शुरुमा रामघाट–धुलियाविटको विच क्षेत्रमा विद्युत होल्ड भएन्,’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘मर्मतका लागि टोली फिल्डमा गएपनि समस्या पत्ता लाग्न सकेको छैन्, कल्यानसम्म विद्युत लाइन ठिक रहेको छ ।’

गिरीकाअनुसार बरीपाटी क्षेत्रमा समस्या भएबारे पत्ता लगाउन दुई ओटा टोली परिचालन गरिएको छ । रात परिसकेकाले बरिपाटी क्षेत्रमा समस्या पत्ता लगाउन कठिनाई भएको गिरीको भनाई छ । शनिवार दिउँसाे परेकाे वर्षासँगै चलेकाे हावाहुरीले रूखकाे हाङ्गाविङ्गा तारमा लागेपछि विद्युत लाइनमा समस्या भएकाे हुनसक्ने गिरी बताउँछन् । विद्युत अवरुद्धहुँदा वीरेन्द्रनगरसहित आसपास, दैलेख र कालिकोटको विद्युत सेवा बन्द भएको छ ।

सम्बन्धित शीर्षक