बर्दिया । लामो समयको खडेरी पश्चात मनसुन सक्रिय भएसँगै भएकाे वर्षाले यहाँका कृषकहरू हर्षित भएका छन् । अन्नको भण्डारणको रुपमा परिचित बर्दिया जिल्ला तराईकै धेरै अन्न उत्पादनको क्षत्रको रुपमा परिचित छ । यहाँ सिजन अनुसारको बालीहरू लगाउने गरिन्छ ।
असारमै रोपाइँ सम्पन्न गरेता पनि लामो समयदेखि वर्षात नहुँदा खेत सुख्खाहुँदा चिरा परिसकेको अवस्था गएरातीदेखि वर्षा भएपछि कृषकहरू खुसी भएका हुन् । जिल्लाका सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा आकाशे पानीको भरमा वर्षातमा धान राेपेका कृषकहरूले पानी पर्दा वाली जाेगिने बताउनु थालेका छन् ।
ठाकुरबाबा नगरपालिका-८ मढेलाका कृषक धर्मराज रिजालकाअनुसार मौसम र आकाशे पानीको मौका छोपी राेपिएकाे धानमा पानी पर्दा सहज बनाएकाे छ । ‘म जस्ता यस क्षेत्रका सम्पूर्ण कृषकले धानको रोपाइँको सिजनमा यदि समयमा पानी नपरे विभिन्न वैकल्पिक विधि (बोरीङ्ग) बाट पानीको व्यवस्था मिलाएर धानको बीउ राख्ने र राेपाइ गरेका थियाैं,’ उनी भन्छन्, ‘लामाे खडेरीपछि वर्षा भएपछि धान वाली राम्राे हुने अपेक्षा छ ।’