Online News Portal
कैलाश जनरल स्टोरबाट एक डिब्वा इनामेल,जुम्ला हार्डहेयरबाट म्याद गएको सामा बरामद गरिएको थियो । चिउरा र भुजी पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला ब्यापारी मनपरी गर्न थालेको स्थानीय बताउँछन । कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्वाही गर्छौँ । कोरोना महामारीको दोस्रो लहरको जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउनु मिल्दैन । कालोबजारी हुने काम रोक्न पहिलो पटक अनुगमन गरेको उपमेयर न्यौपानले बताइन् । अनुगमनमा अनुगमन समितिका संयोजक न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्यप्रबिधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि सहभागि थिए । यो अनुगमन शुरुवात भएको र अझौ पनि कृत्रिम अभाव सिजना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल कानुनी दायरामा ल्याईने भएको हो ।