जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक सोमबार मात्र ८ जना संक्रमित कोरोना जितेर घर फर्किए । बैशाख ८ गते देखि यता १८९ जना संक्रमित निको भएर घर फर्किसकेका छन ।
बैशाख ८ गतेदेखी हाल सम्म ४२८ जना संक्रमित भए । कोरोना संक्रमित थपिदैँ गएपनी निको हुनेको सङख्या पनी दिनप्रति बढि रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४४ जनाले पिसिआर परिक्षण गरेकोमा ६ जनामा पोजेटिभ देखिएको थियो । ३८ जनाको नेगेटिभ रिर्पोट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जु्म्लाले जनाएको छ । यसैगरी २० जनाले एन्टीजेन परिक्षण गरेकोमा १० जनाको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । अहिले २९ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।