प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल निर्णयको अधिकार प्रत्यायोजन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो।

बिहीबार बसेको नेकपा(एमाले) स्थायी कमिटीको चौथो बैठकले प्रधानमन्त्री ओलीलाई उक्त अधिकार प्रत्यायोजन गरेको हो।

बैठकपछि पार्टीले प्रेस वक्तव्य जारी गरी सोको जानकारी दिएको हो। पार्टीले गरेको उक्त निर्णयलाई राजनीतिक वृत्तमा बहुअर्थमा लिइएको छ। सो निर्णयलाई सोही बैठकले निलम्बनको कार्बाही फुकुवामा परेका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले कसरी लिन्छ ? भन्ने पनि पर्खाइको विषय बनेको छ।

सम्बन्धित शीर्षक