पाँच वर्षको कार्यकालमा काठको कुर्सीमा बसेर सेवा गर्ने ः वडा अध्यक्ष थारु

झरना बि.क

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ का नव निर्वाचित अध्यक्ष दिनेश कुमार थारुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष थारुले पाँच वर्षको कार्यकालमा आफु काठको कुर्सीमा वसेर जनताको सेवा गर्ने बताए ।

सोमबार नव निर्वाचीत जनप्रतिनिधिहरुका लागि स्वागत तथा पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष सिताराम थारुलाई विदाइ गरी वडाका जेष्ठ नागरिकको अर्शिबाद लिई थारुले पदभार ग्रहण गरे । पदभार ग्रहण गरेको पहिलो दिन वडा अध्यक्षको हैसियतले अब सबै भन्दा पहिला गाउँमा समाजमा फस्टाउदै गरेको लागूु औषध तथा दुव्र्यसनी लाई न्युनिकरण गर्ने पहिलो प्रथामिकता रहेको बताए ।

आफ्नो कार्यकाल सम्मा काठको कुर्सीमा बसी जनताको सेवामा अहोरात्र खटिने बताए । स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै निर्वतामान अध्यक्ष थारुले भने, यस अघि पाँच वर्ष सम्मा आफुले कामगरेको अनुभव सुनाउँदै विभिन्न बाधा र चुनौतीहरु आउछन्, समाजमा सोचेजस्तो काम गर्न सजिलो नहुने बताए ।

आफु बाट हुने सम्पूर्ण सहयोग सुझाब दिन तत्पर रहेको बताउँनु भयो । नयाँ प्रतिनिधि लाई स्वागत र निवर्तमान जनप्रतिनिधि लाई अभिर र खादा लगाएर सम्मान र विधाई गरीयो । कार्यक्रममा जेष्ठ नागरिक लाई खादा लगाएर निवर्तमान अध्यक्ष थारुले सम्मान गरे ।

सम्बन्धित शीर्षक