लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिकालाई सहयात्रा परियोजनाले विपद प्रतिकार्य सामाग्री प्रदान गरेको छ । हिमापात र चिसोले जनजीवन कष्टकर हुन थालेपछि झण्डै १६ लाख रुपैयाँको सामान प्रदान गरिएको हो । अस्थायी सिकाई केन्द्र र गैरखाद्य सामाग्री दिइएको परियोजनाका कलष्टर संयोजक जगदीश सिंहले जानकारी दिए ।
कुल १६ लाख २६ हजार ७ सय २६ रुपैयाँ बराबरको अस्थायी टहरा, शौचालय, बालबालिकाका पठन सामाग्री लगायतका सामान दिइएको थियो ।
उनका अनुसार विपद प्रतिकार्यका सामानहरुको प्रयोग सही समयमा प्रयोगमा आउने छ । विपद् उद्धार सामाग्री,प्राथमिक उपचार र खाना पानी जस्ता अत्यावश्यक सामानहरु दिइएको हो ।
यो समयमा विपद् प्रतिकार्य सामाग्री धेरै आवश्यक छ । यसले मानिसहरुको धनजनको क्षति हुनबाट जोगाउने अवस्था रहन्छ,संयोजक सिंहले भने ।
तातोपानी गाउँपालिकाका कार्यवहाक अध्यक्ष विशाल खड्कालाई विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यवहाक अध्यक्ष खड्काले विपद प्रतिकार्य सामानले प्रारम्भीक क्षति न्युनिकरण गर्न र ठुलो क्षति हुनबाट जोगाउन मद्धत मिल्ने बताए ।
प्राकृतिक, मानवजन्य, वा अन्य किसिमका विपदको समयमा प्रभावित व्यक्तिहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सामाग्रीको प्रयोग गर्ने पालिकाले जनाएको छ ।