जुम्ला । पत्रकार मान बहादुर कुँवरकाे अध्यक्षतामा प्रेस सेन्टर जुम्लाकाे नयाँ कार्यसमिति चयन गरिकाे छ । जिल्लामा शुक्रबार आयाेजित पाँचाै जिल्ला अधिवेशनबाट मान बहादुर कुँवरलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएकाे हाे ।
भर्खरै पत्रकार महासंघकाे सहसचिवमा निर्वाचित कुँवरले प्रेस सेन्टर जुम्लाकाे अध्यक्षकाे जिम्मेवारी समेत सम्हालेका छन् ।
कुँवरकाे नेतृत्वमा गठित नयाँ कार्य समितिकाे उपाध्यक्षमा
शुभाकर विश्वकर्मा,महिला उपाध्यक्षमा विस्नुदेवी भण्डारी,सचिवमा डिल्ली कामी,काेषाध्यक्ष अर्जुन महतारा,सह-सचिव (खुला) विक्रम तिरुवा र सह-सचिव समावेशीमा विबेन्द्र नेपाली चयन भएका छन् ।
त्यस्तै सहदस्यमा बरम राज कामी,प्रकाश कामी,युनेश परियार,रमेश कुवर,पदम शाही,रमिला सुनार,हिरा बहादुर बुढा,गुड्डु न्यौपाने चयन भएका छन् ।
पाँचाै अधिवेशनकाे प्रमुख अतिथि माओबादी केन्द्रका पातारासी गाउँपालिका कमिटिका अध्यक्ष भक्त बहादुर बुढाले प्रेस सेन्टरकाे आधारिक अध्यक्ष विजय रावत भएकाे उनकै अध्यक्षतामा सम्पन्न पाँचाै अधिबेशनबाट चयन भएकाे कार्यसमितिनै प्रेस सेन्टर जुम्लाकाे आधिकारीक कमिटि भएकाे बताए ।
उनले जिल्लामा फुटेर नभई जुटेर प्रेस सेन्टरलाई एकै ठाउँमा ल्याउन पहल गर्न समेत सुझाव दिए ।
त्यस्तै माओबादी केन्द्रताताेपानी गाउँपालिका कमिटिका अध्यक्ष विशाल खड्काले प्रेस सेन्टर जुम्लाले व्यक्तिगत भन्दा सामाजिक हितका लागि काम गर्नु पर्ने बताए ।
हाल निर्वाचित प्रेस सेन्टरका साथीहरुलाई संगठन छाेड्दैन् भन्ने अपवाह फैलाएकाेमा त्यसमा कुनै सत्यता नरहेकाे समेत उनले स्पष्ट पारे ।
प्रेस सेन्टरकाे नयाँ कार्यसमितिले आफ्नाै ओैचित्य पृष्टि हुने गरी काम गर्नुपर्नेमा पर्नेमा जाेड दिए । त्यस्तै पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले नयाँ कार्यसमितिलाई सफलताकाे शुभकामना दिए ।
पत्रकार महासंघका पूर्वअध्यक्ष भीम सार्कीले डेढ दशकपछि पत्रकार महनसंघ साझा बनाउन आँट गर्ने प्रेस सेन्टर प्रति धन्यबाद दिए । नयाँ नेतृत्वले पनि जिल्लामा क्रियाशील पत्रकारकाे हितमा काम गर्नु पर्नेे शुभकामना दिए ।
प्रेस युनियनका केन्द्रीय सचिव एल्पी देवकाेटाले पत्रकारहरुकाे पेशागत हक र हितका लागि प्रेस संगठनले शसक्त आवाज उठाउनु पर्ने बताए ।
त्यस्तै प्रेस सेन्टर नेपालका निर्वतमान अध्यक्ष विजय रावतले आफू अध्यक्ष हुनेबेलामै महासंघ साझा बनाउने बाचा गरेनुसार काम गरेकाे बताए ।
उनले भने,’आधिकारिक प्रेस सेन्टर र कमिटि हाै । केही साथीहरु बाटाे बिराएर काम गरेका छन् । म भन्न चाहान्छु,आउनुहाेस् संगै काम गराै,सहमति र सहकार्य गराै क्रियाशिल पत्रकारहरुकाे पेशागत सुधारका लागि काम गराै ।’
त्यस्तै प्रेस सेन्टरका नवनिर्वाचित अध्यक्ष मान बहादुर कुँवरले आवेगमा विवेक गुमाउनेहरु भविष्यमा पछुताउने भन्दै आफुहरुले संगठनलाई परिवादबाट मुक्त गर्दै साझा बनाउन विबेकपूर्ण रुपमा काम गरेकाे बताए ।