लक्ष्मी न्याैपाने
जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्व लगाईने एचपीभी खोप अभियान जुम्लामा संचालन हुने भएको छ । राष्टि्य खोप कार्यक्रम अन्तर्गत जुम्लामा एचपीभी खोप अभियान संचालन हुने भएको हो
अहिले एचपीभि खोपलाई अहिले नियमित खोपमा समावेश गरीसकेको छ । जिल्लाका आठ पालिकाका ८४ वटा विधालयमा खोप केन्द्र निर्माण गरी खोप प्रदान गरिने छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खो समन्वय समितिका संयोजक गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा बुधबार एचपीभी खोपख अभियान संचालनको पूर्वतयारी सुक्ष्म योजनाबारे सरोकारवाला संग छलफल गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनका अनुसार चैत ९ गतेबाट जुम्लाका आठै पालिकाका ८४ खोप केन्द्रबाट खोप प्रदान गरिने छ ।
जुम्लाका आठ स्थानीयतहका गरि एक हजार २७७ जना किशाोरी एचपीभि खोप लगाउने लक्ष्य राखिएको छ । कक्षा ६ मा मात्र अध्ययन गर्ने १०-१४ उमेरका किशोरीले खोप पाउने छन् ।
अभियान अन्तर्गत यस वर्ष कक्षा-६ मा अध्ययन गर्ने जिल्लाभरका १२ सय ७७ किशोरीलाई मात्र पाठेघर मुखकको क्यान्सर विरुद्दको एचपिभि खोप लगाईने छ ।
जसमा चन्दननाथ नगरपालिकाका २७७,तातोपानी गाउँपालिकाका १६४, गुठिचौर गाउँपालिकाका ७७, पातारासी गाउँपालिकाका २२१, तिला गाउँपालिकाका १८५, हिमा गाउँपालिकाका २२१,सिजा गाउँपालिकाका १३५ र कनकासुन्दरीका १७७ जना किशोरी गरी १२ सय ७७ जना किशोरीलाई खोप लगाईने छ ।
गत वर्ष कक्षा७ देखि १० सम्मका किशोरीलाई खोप दिईएको छ । भने यस वर्ष कक्षा ६ मा पढ्ने किशोरीलाई मात्र खोप दिईने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए ।
एचपीभि खोप अभियान नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको उनको भनाई छ । बालमृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षामता बृद्वि गर्न खोप महत्वपूर्ण मानिन्छ ।
खोप अभियानबाट कोहि नछुट्ने । नदोहोरिने गरी अभियान प्रभावकारी रुपमा संचालन गरिने तयारी छ । लक्ष्यनुसारका सबै किशाोरीलाई खोपको पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाको दाबी छ ।
नेपालमा २०३४ सालदेखि खोप कार्यक्रम संचालन भईरहेको छ ।
कार्यक्रममा आठै पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा क्रियाशील पत्रकारहरुको सहभागिता थियो ।
जुम्लामा खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न पत्रकार, लगायत अन्य सरोकारवालाले सकरात्मक सहयोग गरिदिन समेत अनुरोध गरिएको छ ।














