आदी प्रसाद न्यौपानेको नेतृत्वमा तातोपानीमा एमालेको निर्वाचन परिचालन कमिटी गठन,

लक्ष्मी न्याैपाने

जुम्ला । नेकपा एमाले जुम्लाले चुनावी अभियानलाई तिब्रता दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी गतिविधिलाई तिब्रता दिईएको हो ।

निर्वाचनलाई नै लक्षित गरी बुधबार तातोपानी गाउँपालिका स्तरीय पालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । भने एमाले नेता आदी प्रसाद न्यौपानेको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

तातोपानी गाउँपालिका भरी हुने निर्वाचन गतिविधिको सबै नेतृत्व नेता न्यौपानेले गर्ने छन् । पार्टीका अध्यक्ष समेत रहेका शान्तिलाल महत उम्मेदवार छन् । जनस्तर सम्म राम्रो संगठन भएको एमालले २६ वर्षपछि आफ्नो जित निकाल्ने गरी कसरतमा जुटेको छ ।

जुम्लाका आठै पालिकाका पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचन गतिविधिलाई निरन्तर अघि बढाउने तयारीमा नेकपा एमाले जटेको प्रचार विभाग प्रमुख सरोज शाहीले बताए ।

उनका अनुसार जिल्लाका सबै गाउँ बस्तिमा पुग्ने, पालिका र वडा कमिटीलाई सक्रिय रुपमा परिचालन गर्ने लगायतक कुरामा एमालेले जोड दिएको छ ।

सम्बन्धित शीर्षक