जिल्ला प्रशासन कार्यलय जुम्लाबाट गत आर्थिक बर्ष २०७८⁄०७९ मा राहदानि परिचय पत्र जम्मा ६ सय ४० जनाले लिए छन। जिल्ला प्रशासन कार्यलय जुम्लाले राहदानि बापत जम्मा २३ लाख ८० हजार राजश्व संकलन गरेको नायब सुब्बा सुरत गिरीले बताउनु भएको छ। संस्था दर्ता⁄नविकरण बापत ३३ हजार राजश्व संकलन गरिएको छ। यस्तै आर्थिक बर्ष २०७८⁄७९ मा राष्टिय परिचय पत्रको लागि दरखास्त दिनेको सङख्या २०८९ जना रहेका छन। वि.सं २०७६ सालबाट २०७९ साल सम्म राष्टिय परिचय पत्रका लागि जम्मा ४५ हजार ३३ जनाले दरखास्त दिएकोमा जम्मा ११९ जनालाई मात्र कार्ड बितरण गरिएको नायब सुब्बा गिरीको भनाई छ। यस्तै एक बर्षमा नयाँ नगरिकता जम्मा ३४ सय १४ जनाले लिएका छन भने संसोधित सहितको प्रतिलिपी तिन सय ५८ जनाले लिएका छन। यस्तै प्रतिलिपी १७ सय २८ जनाले लिएकोमा जम्मा सात जनाको नागरिकता रद्ध गरिएको छ। नाबालक परिचय पत्र लिनेको सङख्या जम्मा एक सय पचास रहेको छ।