सुर्खेत। सुर्खेत प्रहरीले लागूऔषधसहित तीन जनालाइ पक्राउ गरेकाे छ । प्रहरी चौकी सुब्बाकुना प्रहरीले उनीहरूलाइ पक्राउ गरेकाे हाे । बुधबार एक बजेकाे समयमा बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ पिपिरा चोक स्थित लिलाराम पुरीको फेन्सी पसलमा लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनिहरूलाइ पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नैमा बीरेन्द्रनगर नगरपालिका -११ बस्ने ४६ का लिलाराम पुरी, बर्ष २४ का महेश सुनार र बर्ष २२ का गौरब सुनार हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त टोलिले उनिहरूलाइ पक्राउ गरेकाे हाे ।
प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्राम सहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका तीनै जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।