दार्चुलामा बाढी-पहिरोको वितण्डा, ३ जनाको मृत्यु, दुई बेपत्ता

  ।   १४ भाद्र २०७८, सोमबार १३:०५

धनगढी : लगातारको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढी-पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। बाढीपहिरोले जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।

 

 

यस्तै, अन्य दुई जना बेपत्ता रहेको र बाढीले घर, खेत, पुल र लघुजलविद्युत् समेत बगाएको दार्चुला प्रहरीले जानकारी दिएको छ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। ‘राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो,’ डिएसपी भट्टले भने।

यस्तै, दुहुँ गाउँपालिका-५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।

सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन्। यस्तै, वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।

निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रम रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ।

यस्तै, निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।

यस्तै, महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको छ।

Next Post

नेपालीमै खोज्नुहोस्... गृहपृष्ठ राजनीति विचार संवाद फिचर प्रदेश समाज अर्थ मनोरञ्जन विश्व खेल गृहपृष्‍ठ राजनीति ओलीको सर्कुलर : २१ दिने सूचनाबाट प्रभावित नहुनू‚ विभाजनविरुद्ध दृढतापूर्वक उभिनू

१४ भाद्र २०७८, सोमबार १३:०५
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिन पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन्। ओलीले २१ दिनभित्र प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी निर्वाचन आयोगले जारी गरेको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न […]