साविक कर्णालीका ३ जिल्लाका पत्रकाहरुलाई द्धन्द्ध संवेदशिलता सम्बन्धि कार्यशाला तालीम

साविक कर्णालीका ३ जिल्लाका पत्रकाहरुलाई द्धन्द्ध संवेदशिलता सम्बन्धि कार्यशाला तालीम सुरु गरिएको छ । मिडिया एक्सन नेपालको आयोजनामा साविक कर्णालीका जुम्ला सहित मुगु र कालिकोटका पत्रकाहरुलाई सहभागि भएका छन् । जुम्लाका १०, कालिकोटका ६ र मुगुका ३ जना पत्रकारहरु तालीममा सहभागि छन् । द्धन्द्ध संवेदनशिल पत्रकारीताको परिभाषा, प्रकृति, सिद्धान्त र सूचकका विषयमा मिडिया नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सहिजकरण गर्नु भएको थियो । उहाँले द्धन्द्धको अवधारण र संचार माध्यममा द्धन्द्ध संवेदनलिशता, द्धन्द्ध सम्बन्धिका रिपोर्टिगंका पक्ष र प्रकृति, समाचार संकलन विधि र द्धन्द्ध संवेदनशिल समाचार संकलनका सिप, समाचारको अवधारणा र प्रकार, हिंसा भड्काउने खालका समाचारको विश्लेष्णका विषयमा छलफल भएको छ । दि अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टले द्धन्द्ध व्यवस्थापनका विषयमा पत्रकारहरु सचेत रहनु पर्ने बताउनु भयो । तालिममा तीन जिल्लाका २० जना पत्रकार सहभागी रहेका छन् । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त तालिमको मुख्य प्रशिक्षका रुपमा रहेका छन् । प्रशिक्षक अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई रहनु भएका छ । कर्णाली प्रदेशका पत्रकारलाई द्वन्द संवेदनशील पत्रकारिताबारे जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको मिडिया एक्सन कर्णाली प्रदेश संयोजक ललित बुढाले बताउनु भयो । यस्तै, तालीम सुर्खेत र रूकुम पश्चिममा सञ्चालन भएको थियो । हालसम्म कर्णालीका ६० जना पत्रकारलाई तालिम प्रदान गरिएको छ ।

सम्बन्धित शीर्षक