कृषि विकास बैंक लिमिटेडद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाख सहयाेग

लक्षमी न्याैपाने

कृषि विकास बैंक लिमिटेडले र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाख सहयाेग सहयाेग गरेकाे छ । लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाख रूपैयाँ सहयाेग गरेकाे हाे ।

विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाख रूपैयाँ सहयाेग गरेकाे हाे । लिमिटेडले प्रतिष्ठानकाे आयाेजनामा सम्पन्न भइसकेकाे अन्तर मेडिकल कलेज खेलकुद कार्यक्रम आगामी कात्तिक २८ गते हुने भनिएकाे हाे प्रथम दीक्षान्त समारोहका लागि चेक हस्तान्तरण गरेकाे जनाएकाे छ ।

उक्त अवसरमा बाेल्दै कृषि विकास बैंक लिमिटेडका कर्णाली प्रदेश निर्देशक डा. सुराेज टण्डनले लिमिटेड र प्रतिष्ठानबीच बहुआयामिक सम्बन्ध रहेकाे बताए ।

उनका अनुसार बैंकले देशभर सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सहयोग गर्दै आएकाे बताए ।५६ अर्ब लगानी गरेका छन् भने ३६ अर्ब बचत छ ।
कृषि विकास बैंकले कर्णालीमा कृषि क्षेत्रमा ३६ प्रतिशत र ७४ प्रतिशत गैर कृषि क्षेत्रमा लगानी गरेकाे टण्डनले बताए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले दीक्षान्त समाराेहकम लागि सहयाेग गरेकाे बताएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार

नृपेन्द्र बहादुर महतका अनुसार प्रतिष्ठान बैंककाे नियमित ग्राहकका रूपमा रहेकाे छ । आगामी दिनमा पनि सहयाेग आदानप्रदान गरिरहेको महतले बताए । कृषि विकास बैंक लिमिटेडका देशभर २८५ शाखा छन्

सम्बन्धित शीर्षक